spot_img

नेकपा माओवादी (केन्द्र) द्वारा रुपन्देही क्षेत्र नं. २ बाट विनोद पहाडी सिफारिस

२० भदौ बुटवल, नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग संविधानसभा सदस्य विनोद पहाडीलाई भिडाउने भएको छ ।

नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ बाट निर्वाचन क्षेत्रीय कमिटीको आईतबार बुटवलमा बसेको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट पहाडीलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पहाडीलाई क्षेत्रीय कमिटीको बैठकले एकल सिफारिस गरेको जिल्ला अध्यक्ष नारायण जिसी ‘निर्मल’ ले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीय कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।त्यस्तै प्रदेशसभा तर्फ २ को २ मा वामदेव क्षेत्री, जिल्ला अध्यक्ष निर्मल जिसीलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेशसभा २ को १ तर्फ पुष्पराज ढकाल, मनोज राना, हुमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबर