spot_img

एमाले नेताहरुको पहलमा पक्की र आधुनिक बन्दै स्रोह—छत्तीस नहर

तिलोत्तमा । स्रोह—छत्तीस सिंचाई प्रणाली रुपन्देहीको मात्र होइन पश्चिम नेपालको महत्वपूर्ण सिंचाई आयोजना हो । यस कारण की—यो सिंचाई प्रणाली किसानको बाहुबलमा आधारित छ । यसैले किसानको बाहुबलमा आधारित यो सिंचाईलाई दक्षिण एशियाकैं महत्वपूर्ण मानिन्छ । भनिन्छ—राणाकालीन समयबाट सुरु भएको यो सिंचाई प्रणालीलाई राणा शासकहरुले पनि स्वायत्त छाडेका थिए । अर्थात् राणाहरुले पनि यो सिंचाईलाई आफ्नो अनुकुल चलाउन चाहेनन् ।
किसानहरुको एकताको बलमा यो चलेको यो सिंचाई प्रणालीबाट तिलोत्तमा नगरपालिकाको पाँच हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । किसानको श्रममा आधारित यो सिंचाई प्रणालीको ईतिहास निकैं पुरानो छ । यो सिंचाई प्रणालीसँग तिलोत्तमाका हरेक किसान परिचित त हुनै नै भए । प्रायः सबैले सिंचाई सुविधाको लागि श्रम गर्दै आएका छन् ।
किसानले तिनाउ नदीबाट स्याउला, ढुंगा, बालुवाका बोराले छेकेर पानी नहरमा ल्याउथे । तर, किसानले काम सक्न नपाउँदै पानीको वहावले त्यो बाँध भत्काउथ्यो । वर्षायाम त किसानको बास नैं मुहान र नहरमा बित्थ्यो । यहाँका किसानले सुरुबाटैं भोग्दै आएको नियति हो यो । तर, परिस्थिति सधैं यस्तै कहाँ रहन्थ्यो र ! पछिल्ला केही वर्षयता किसानले कयौं वर्षदेखि भोग्दै आएको दुःख, पीडा, समस्याको लगभग अन्त्य भएको छ । सिंचाई प्रणाली आधुनिक बन्दै छ । केही काम भएको छ, केही हुने क्रममा छ । सिंचाईलाई राज्यको नजरमा पारेर आधुनिकीकरणमा लैजाने कामको पहल यहाँका नेकपा एमालेका नेताहरुले गरेका हुन् । त्यसमा किसानका अगुवा नेता यज्ञ गैरेको भूमिका सबैभन्दा बढी छ ।
गैरे यो सिंचाई प्रणालीसँग झण्डै दुई दशकदेखि प्रत्यक्ष रुपमा जोडिएका छन् । उनकैं अगुवाईमा छत्तीस मौंजा सिंचाई प्रणाली पक्की बन्दै जाँदा किसानको दुःख हराउँदै गएको छ । योसँगै स्रोह मौजा र चार तपाहा सिंचाई प्रणाली पनि आधुनिक बन्दै गएका छन् ।
उनले हाल छत्तीस मौजा संयुक्त सिंचाई प्रणालीको नेतृत्व सम्हालेका छन् । यो सिंचाईको नहर १९०३ देखि १९४६ को बीचमा तत्कालीन राणा शासक जंगबहादुर राणाको पालामा बनेको हो । बुटवलको कन्याढुंगादेखि तिलोत्तमाको ठटेरियासँग जोडिएको एसियाकै पुरानोमध्येमा पर्ने १६ किलोमिटर लामो यो सिंचाईको नहर एमालेकैं पहलमा व्यवस्थित बन्दै गएको छ ।
आजभन्दा १५० वर्ष अगाडिसम्म यस क्षेत्र ठूलो कृषियोग्य भूमि थियो । त्यो बेला पनि यहाँ सिचाईको आवश्यक महशुस गरी राणाले नहर बनाउन लगाएका थिए । त्यो बेला अहिलेजस्तो सहर र सवारी थिएनन् । अहिलेको तिलोत्तमा नगर पूरै कृषिभूमिको ‘एक्का’ जस्तै थियो । राणा शासन कालमा त्यो बेलामा किसान छेदा थारुको पहलमा यो नहर बनेको दस्तावेज पाइन्छ ।
‘दश वर्ष अगाडिसम्म वर्षायाममा किसानहरु त्रासमा हुन्थे’ गैरे भन्छन, ‘प्रत्येक किसान कुलाई गर्न वर्षमा ८०÷९० दिन धाउनुपर्ने अवस्था थियो । हरेक हप्ता झारा लगाएर (घरका सबै) जानुपथ्यो । अहिले विभिन्न योजना र कार्यक्रम सहित कूलोलाई व्यवस्थित बनाइएको छ । कुलाई गर्न जानेका दुःख र झन्झट पुरै घटेका छन् ।’ अहिले हिउँद र वर्षायामा किसानलाई सिचाई गर्न सहज भएको छ ।
यो नहरको २० हजार किसान उपभोग गर्छन् । उतिबेला पानीको मूल नहर, शाखा र माइनरहरुमा पानी पुगे पनि खेत लेबलका अधिकांश संरचनाहरु ध्वस्त र बिग्रिएका थिए । जसले गर्दा खेतमा पानी पुग्न सकेको थिएन । यस्तो संरचनाहरुको मर्मतसम्भारका लागि राज्यको ध्यान पुग्न सकेको थिएन ।
२०६४ को संविधानसभा निर्वाचनपछि अहिलको एमाले उपाध्यक्ष तथा विष्णु पौडेल जलस्रोत मन्त्री बनेका थिए । बजेट बनाउने अन्तिम तयारी थियो । नहरलाई व्यपस्थित गर्न गैरे सहितको टीम पौडेले पौडेललाई योजना सहित भेट ग¥यो । आफ्नो गृहजिल्लाको योजना ल्याएर आएको टिमलाई पौडेलले सहयोग नगर्ने कुरै भएन । गैरले नहरको मुहान व्यवस्थित गर्ने कामको लागि योजना मागेका थिए । नहरका साँचा व्यस्थित थिएनन् । पक्की साँचा बनाउनुपर्ने अवस्था थियो । जथाभावी नदी उत्खननले मुहान भरिन्थ्यो । मागिएअनुसार बजेट परेपछि धेरै कामहरू भए । इटिया कूलो (दोस्रो मुहान) निर्माणको लागि पनि बजेट आयो ।
फेरि विष्णु पौडेल अर्थमन्त्री बने । त्यो बेला तराई मधेश समृद्ध सिचाइँ कार्यक्रममा नहरको लागि बजेट प¥यो । नगरको सबै क्षेत्रलाई स्तरीय बनाउने गरी ४७ करोडको डिपिआर बन्यो । स्वीकृत पनि भयो । तीन प्याकेजमा नगरको काम अगाडि बढ्यो । मुहान व्यवस्थित, मूल नहरहरु व्यवस्थित र शाखा लाइनिङ गर्ने काम तय गरियो । त्यो बजेटले नहर धेरै राम्रो बन्यो । ५ वटा कल्भट बने । मूल नहरहरु योगिकुटीदेखि हरैयासम्म सुध्रिए । कुलाहरु दुवैतिर ढलान सहित पक्की बने ।
अचेल किसानलाई धेरै हदसम्म कूलाईबाट मुक्त भएका छन् । अहिले प्रदेश सरकार मातहतको ८ करोड बजेटले सोह्र मौजाको सुधारका कामहरु भइरहेका छन् । उनी भन्छन, ‘अझै केही नहरहरु थप व्यवस्थित गर्न बाँकी छ । अहिले पनि फेरि २ करोड बजेट योजनाको लागि परेको छ ।’
२०७४ को स्थानीय तह निर्वाचनपछि आएको नेकपा एमाले नेतृत्वको तिलोत्तमा नगर सरकारले समेत नहरको आधुनिकीकरणमा बजेट विनियोजन गर्दै आएको छ । खासगरी शाखा नहर पक्की बनाउने, नहरको दायाँबायाँ बाटो बनाउने कामले नगरपालिकाले सहयोग गरेको छ । सम्भव भएका ठाउँमा मुख्य नहरको दायाँबायाँ दुवैतर्फ हरियाली सडक बनाउने एमालेको योजना छ । यस्तै मुख्य नहरमा सदावहार पानी रहने गरी ठाउँ ठाउँमा ड्याम बनाउने र त्यसमा माछापालनसम्मको संभाव्यता अध्ययन गर्न सकिने एमालेका नेताहरु बताउँछन् । यसले पर्यापर्यटनको विकास गर्ने अपेक्षा उनीहरुको छ । बसाईसराई र तीब्र सहरीकरणले नहर अतिक्रमणको चपेटमा परिरहँदा यो समस्या हटाउन तिलोत्तमा नगरपालिकाले पहल समेत गरिरहेको छ । यसको रोकथाममा सबैको आँखा जानुपर्ने उनको भनाइ छ ।
((((((((((((((((((

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबर