spot_img

देशको समृद्धिका लागि नेकपा एमालेको सरकार बनाउन जरूरी छ: भुमिश्वर ढकाल

सैनामैना, कार्तिक २७ । मुलुकको समृद्धी र विकासका लागी नेकपा एमालेको सरकार बनाउन जरूरी रहेको रूपन्देही क्षेत्र नं.५ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले बताउनु भएको छ ।

देशलाई आत्मनिर्भर बनाउन, सुशासन कायम राख्न नेकपा एमाले संग भिजन रहेकोले नेकपा एमालेको सरकार बनाउन जरूरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नू भयो (एमाले हार्यो भने मुलुक हार्ने छ, एमाले हार्यो भाने देशको समृद्धि हार्ने छ, राष्ट्रको स्वभिमान हार्ने छ। त्यसैले एमालेलाई भोट दिनुस्।)

शिक्षा स्वास्थ्य भौतिक पूर्वधार,कृषि, पर्यटन लगाएत क्षेत्रको विकास गरि यस क्षेत्रलाई विकसित बनाईने समेत उहाँले बताउनु भयो । नेकपा एमालेको सरकारले गति लिरहेको अवस्थामा सरकार ढलेका कारण धेरै काम गर्न न सकिएको उहाँले भन्नू भयो ।

उहाँले भन्नू भयो (हामीले सुकुम्बासी समस्या समाधनको ७० प्रतिशत भन्दा बढि काम गर्यौ तर सरकार ढले पछि त्यो काम रोकियो, गठबन्धनको सरकारले लालपुर्जा बाँड्न सकेन डेढ वर्ष भयो काम रोकिएको छ, अब हाम्रो सरकार बने पछि हामी अव्यवस्थित बसोबासी, सुकुम्बासी, भूमिहिन समस्या समाधान गर्छैं, लालपुर्जा हामी वितरण गर्छौं ।

नेकपा एमाले सरकारमा रहँदा देशको स्वभिमान बढेको समेत बताउनु भयो । उहाँले भन्नू भयो केपी ओली प्रधानमन्त्री रहाँद कलापानी, लिपुलेक र लिम्पिया धुरा सहितको चुच्चे नक्सा हामी निकाल्यो जमिन फिर्ता गर्ने प्रकृया हामीले अघि बढायौं । त्यसैले राष्ट्रबादी पार्टीलाई जिताउनु पर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबर